ADDRESS

Gorkha Municipality -6, Chhahare- Gorkha

PHONE NUMBER

064-421377

News Details

Home / new published on daraundi daily newspaper

new published on daraundi daily newspaper

  31 January, 2023

प्रजनन् बोका व्यावस्थापन सम्बन्धित तालिम आरुघाटमा सम्पन्न

Published On : १७ माघ २०७९, मंगलवार १०:२२

https://www.daraundi.com/gandaki-provinces/59648/ 

गोरखामा प्रजनन् बोका व्यवस्थापन सम्बन्धित तालिम सम्पन्न भएको छ । स्वाँरा सघन गाउँ विकास केन्द्र, गोरखाले सिआरएस नेपालसँगको आर्थिक तथा प्राविधिक सहयोग साथै भिमसेन थापा गाउँपालिका र आरुघाट गाउँपालिकासँगको समन्वय तथा सहकार्यमा सोमबार कार्यक्रम सम्पन्न भएको हो ।

कोभिड १९ आपतकालिन प्रतिकार्य तथा पुनर्लाभ परियोजनामार्फत सोमबार दुईदिने प्रजनन् बोका व्यवस्थापनसम्बन्धी तालिम आरुघाटमा सम्पन्न भएको संस्थाका नारायण ढकालले बताए ।

तालिममा आरुघाट र भीमसेन थापा गाउँपालिकाका प्रजनन् बोका पालक १७ जना कृषकहरुको सहभागिता रहेको थियो । सहभागीहरुलाई सम्बन्धित गाउँपालिका, परियोजना र किसानको संयुक्त लगानीमा उन्नत जातको प्रजनन् बोका सहयोग गरिएको उनले बताए ।

तालिममा भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, गोरखाका डाक्टर लालमणि अर्यालले सहजीकरण गरेका थिए । तालिम समापनको क्रममा सहभागीको तर्फबाट अविरल गुरुङ, स्वाँरा सघन गाउँ विकास केन्द्रका कार्यक्रम संयाजक द्रोणाचार्य तिमिल्सिना, डाक्टर अर्याल र पशु सेवा शाखा आरुघाटका प्रमुख इन्द्रहरी खनालले मन्तव्य राखेका थिए ।

परियोजनाले संबन्धित गाउँपालिका र किसानको लागत साझेदारीमा ४३ किसानहरुलाई उन्नत प्रजनन् बोका सहयोग गरी पहिलो चरणको तालिम यसभन्दा अघि नै सम्पन्न भइसकेको ढकालले जानकारी दिए ।

तालिम आरुघाट गाउँपालिकाका अध्यक्ष राजु गुरुङको प्रमुख आतिथ्यतामा सुरु गरिएको कार्यक्रमकको समापनमा भने पशु सेवा शाखा आरुघाटका प्रमुख इन्द्रहरी खनालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।

 

Are you ready to help others People!